काठमाडौ, भाद्र ९ -
२०२३ सालमा भोकमरीको सामना गर्न नसकेर डोटी पोखरीका मुखिया कालुसिंह बडैंला उर्फ कालुमुख्याले गाउँ छोडे । कालु मुखियासँगै गाउँको बस्ती नै उठ्यो । गाउँ छोडेका ५०/६० घर परिवारलाई लिएर कालु मुखिया जंगलको बाटो तराई झरेका थिए । पानी र जंगलका गिठातरुल खाँदै भोकमरीपीडित परिवार सात दिनमा कैलालीको गोदावरी पुगेको सुनाउँछन्, स्थानीय समाजसेवी योगेन्द्र खड्का । कालु मुखियाले चुरेपर्वत फेदको रमणीयस्थल गोदावरीलाई बसाइँका लागि रुजु गरे । खड्काका अनुसार कालु मुखिया कालाज्ाार र औलोको डरले तराईको भित्र फाँट फँडानी गर्न पसेका थिएनन् । चुरेको फेदमा गर्मी कम हुने र मच्छर नलाग्ने, खोलाको शुद्ध खाने पानी र गाईगोरु चराउन सजिलो देखेर अमलाका रूख फट्काएका थिए । खड्काले भने, 'स्थानीय भाषामा अमलालाई ओला भनिन्छ ।' ओलाबाटै ओलानी नाम रहेको बताइन्छ । खड्काका अनुसार प‘mडानी सुरु भएपछि डोटी, अछामलगायत सुदूरपश्चिमका पहाडी जिल्लाका भोकमरीपीडित अन्य परिवार पनि यता बसाइँ सरे ।
कालु मुखिया बितेको दुई दशक भयो । गाउँ बसाउने मुखियाका छोरा भारतमा चौकीदारी काम गर्छन् । कालु मुखियाले आफूसँगै आएकालाई बराबरी जग्गा बाँड्दा दस कट्ठाभन्दा धेरै कसैलाई पुगेको
थिएन । उनका दुई भाइ छुट्टँिदा एउटाको भागमा पाँच कट्ठा मात्रै रह्यो । स्थानीय लोकबहाुदुर कुँवरले भने, 'रुखो पाँच कट्ठाको उत्पादनले पाँच महिना खान नपुग्दा मुखियाका दुवै छोरा भारत पसेका छन् ।' अहिले ओलानी गाउँमा आफ्नो खेतको उत्पादनबाट वर्षभरि खान कसैलाई पुग्दैन । कुँवरका अनुसार गाउँमा ६० प्रतिशतसँग पाँच कट्ठाभन्दा बढी जग्गा छैन । त्यसैले ओलानीमा घरको एक जना भारतमा काम गर्न जान्छन् । उनले भने, 'घरको उत्पादनले खान नपुग्ने भएपछि जानैपर्यो ।'
नेपालको नमुनानगर क्षेत्र अत्तरियाबाट १२ किलोमिटर भित्र बस्ने ओलानीवासीले सुगमताको नजिक भएर दुर्गमताको पीडा भोग्दै आएका छन् । गाविस सचिव दीपकबहादुर खड्कका अनुसार करिब २० हजार जनसंख्या भएको यो गाविसमा ६५ प्रतिशत दलित परिवारको बसोबास छ । पूर्वगाविस अध्यक्ष भानसिंह विक, राजनीतिक पहुँच नभएका विपन्न र दलित समुदायको बसोबास बढी भएकाले यो गाविस उपेक्षित भएको बताउँछन् ।
कैलालीको सबैभन्दा ठूलो मोहना सिंचाइ परियोजनाको नहर ओलानीमा पर्छ तर नहरमा पानी सञ्चालनमा छैन । मोहना नहर सिंचाइ उपभोक्ता समितिका सचिव नवराज जोशीले भने, 'एक दशकअघि भत्केको नहरको मुहान बाँध अहिलेसम्म बनेको छैन ।' उनका अनुसार थोरै जग्गामा पनि किसानले सिंचाइ गर्न पाए, उत्पादन दोब्बर बढेर पाँच महिनाका लागि पुग्ने खाद्यान्न दस महिनाका लागि पुग्थ्यो र कोही भारत जानु पर्दैनथ्यो । बाँध पुनः निर्माण भए ओलानीलगायत तीन गाविस पनि लाभान्वित हुने उनी बताउँछन् ।
ओलानीलाई नजिकैको अत्तरियासम्म जोड्ने मूल सडक पनि बनेको छैन । नहरको ढिकैढिक धनगढीबाट एक मात्र बस चल्छ । गोदावरी गाविसले यो वर्षको २४ लाख बजेटमध्ये सडकका लागि ७ लाख विनियोजन गरेको गाविस सचिव दीपक खड्काले जानकारी दिए । उक्त रकमबाट आधा सडक मात्रै खनिएको छ । खड्काका अनुसार गाविसको आन्तरिक स्रोतको आम्दानी एक लाख पनि पुग्दैन । गाविसले अनुदान बजेट सडक र शिक्षामा मात्रै खर्चेको देखिन्छ ।
ओलानीलाई अत्तरिया जोड्नबाट रोक्ने चाक्लेखोला हो । करिब दस मिटर चौडाइको पुल नबन्दा स्थानीयले ठूलो समस्या भोग्नुपरेको छ । स्थानीय बासिन्दाले जिल्ला विकास समिति र केन्द्रस्तरमा सयौं पटक माग राख्दा पनि पुल बन्न नसकेको स्थानीय हर्कदेव दमाईंले बताए । वषर्ात्मा खोलामा पानी आएपछि बिरामीलाई अस्पाताल लैजान पनि सकिँदैन । यहाँ सर्पको बिगबिगी छ, उनले भने, 'वर्षमा २०/२५ जनाको मृत्यु सर्पले टोकेर हुने गरेको छ ।'
विकासको पहुँचबाट टाढा पारिएका ओलानीवासीको शिक्षा र चेतनाको स्तर पनि न्यून रहेको सामाजिक सहजकर्ता प्रकाश कामीले बताए । उनका अनुसार घरनजिकै प्राथमिक स्कुल छ तर सबैका बालबालिका स्कुल जाँदैनन् । गाविसको एक तथ्यांक अनुसार २० प्रतिशत बालबालिका स्कुल जाँदैनन् । मावि र उच्चमाविका स्तरमा पुगेपछि आर्थिक स्थितिले गर्दा अधिकांशले पढाइ छोड्ने गरेका छन् । गाविसमा १ उच्चमावि, १ मावि, ४ निमावि र १७ प्राथमिक विद्यालय छन् । गाउँमा खानेपानीको सुविधा छैन । गत वर्ष गाविसले दुई लाख रुपैयाँ कुवा निर्माणमा खर्चेको थियो । यसैगरी कैलाली जिल्लामा एचआईभीबाट सबैभन्दा बढी प्रभावित गोदावरीको ओलानी नै हो । कामका लागि भारत गएकाहरू एचआईभी संक्रमित भई र्फकेने र उनीहरूका निर्दाेष श्रीमती पनि त्यो रोगबाट सिकार हुनुपरेको छ । यस क्षेत्रमा कार्यरत संस्था आशाकिरनका उपाध्यक्ष वेदराज ढुंगानाका अनुसार गोदावरी गाविसमा पुरुष, महिला र बालबालिका गरी १ सय १८ जना एचआईभी संक्रमित
भएको खुलेको छ । २ सयभन्दा बढीले
अझै खुलेका छैनन् ।
पेटका लागि भारत पस्ने काम जहिलेदेखि छुट्छ, त्यसपछि मात्र गाउँको मुहार फेरिन थाल्छ भन्ठान्छन् पूर्वगाविस अध्यक्ष भानसिंह विक । नहरमा पानी आए सानो टुक्रा जग्गामै पनि तरकारी फलाएर भारतमा कमाउनेभन्दा बढी आम्दानी गर्न सकिने उनी बताउँछन् । त्यसो भएपछि किन भारत जानु ? तर फेरि पनि सडक र चाक्ले खोलामा पुल नबने नजिकैको अत्तरिया बजारसम्म कसरी तरकारी पुर्याउन सकिन्छ र ?
प्रकाशित मिति: २०६८ भाद्र १० ०९:५८ (Kantipue)
http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=250692

No comments:
Post a Comment